राजधानी काठमाडौँसहित देशका विभिन्न भागमा चिसो बढेको छ ।
उत्तर पश्चिमी वायुको सक्रियताले चिसो बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुन सिजन सकिएको र उत्तर पश्चिमी वायुको प्रभावले चिसो बढेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
रातमा आकाश खुला भई पृथ्वीको सतह चिसिएकाले एक्कासी तापक्रम घटेको पनि उहाँले बताउनुभो ।
चिसो बढेसँगै काठमाडौँमा एक्कासी तापक्रम पनि घटेको छ ।

सोमबार विहान साढे ६ बजे १५.५ डिग्री सेल्सियस रहेको तापक्रम घटेर आजविहान साढे ६ बजे ११ डिग्रीमा पुगेको छ ।
आज काठमाडौँको न्यूनतम ११.४ र अधिकतम २६.४ डिग्री सेल्सियस रहेको छ । सबै भन्दा कम जोमसोममा चार र सबैभन्दा बढी जनकपुरमा २१ डिग्री सेल्सियस रहेको छ ।



