heading first समाचार

एमबीबीएस ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत विद्यार्थी नै फेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको ‘एमबीबीएस’तर्फको चिकित्सक दर्ता प्रमाणपत्र ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत विद्यार्थी फेल भएका छन् । काउन्सिलका अनुसार ७ सय ७६ जनाले एमबीबीएसतर्फको ‘लाइसेन्स’ परीक्षा दिएकोमा १ सय ८९ जना मात्रै उत्तिर्ण भएका हुन् ।

परीक्षामा सहभागी परीक्षार्थी पुरानै भएकाले पनि यो पटक सबैभन्दा धैरै फेल भएको अनुमान गरिएको छ । शनिवार नै काउन्सिलले लिएको ‘बीडीएस’तर्फको परीक्षामा भने ५७.४८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । ‘बीडीएस’मा १ सय २७ जनाले परीक्षा दिएकोमा ७३ जना उत्तिर्ण भएका हुन् । औपचारिक अध्ययन पुरा गरेका चिकित्सकहरु लाइन्सेन्स परिक्षामा अनुत्तिर्ण हुनुले मेडिकल शिक्षाको गुणस्तरमै प्रश्न उठेको छ ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *