विदेस समाचार

साउदी अरेबिया र यमनको सम्बन्धबिच्छेद

साउदी अरेबियाले छिमेकी देश यमनसँगको कुटनीतिक सम्बन्ध तोड्दै सबै मार्ग बन्द गरेको छ । यसले युद्ध प्रभावित यमनका विभिन्न शहरमा मानवीय सहायता र्पुयाउन असजिलो भएको सहयोगी संस्थाले बताएका छन् ।
इरानबाट यमनका विद्रोहीलाई हातहतियार आपूर्ति हुने गरेको भन्दै साउदी अरेबियाले यमनसँगको सम्बन्ध तोड्दै स्थल, जल तथा हवाई मार्ग बन्द गरेको हो । यसले सहयोगको भरमा जीवन बिताउँदै आएका युद्ध प्रभावित यमनी शहरका लाखौं बासिन्दाको अवस्था भने चिन्ताजन भएको संयुक्त राष्ट्रसंघ तथा रेड क्रसले जनाएका छन् ।
इरानले प्रत्येक्ष सैन्य गतिविधि पनि सञ्चालन गरिहेको साउदी अरेबियाको आरोप छ । शनिबार एक ब्यालेस्टिक मिसाइल साउदी अरेबियाको राजधानी नजिक रोकिएको र त्यो मिसाइल इरानले यमन पठाउँदै गरेको साउदी अरेबियाको दाबी छ । साउदीका युवराज मोहम्मद बिन सलमानले बिद्रोहीलाई रकेटसहितका हतियार प्रदान गर्नु युद्ध कार्य हुने बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि निक्की हेलेले शनिबार रोकिएका मिसाइल तथा अरु हतियार इरानको रहेको हुन सक्ने बताउनुभएको छ । इरानले राष्ट्रसंघीय नियमको उल्लंघन गरेको उहाँको दाबी छ ।
तर साउदीले यमनमाथि लगाएको प्रतिबन्धका कारण भने समस्या रहेका सर्वसाधारण नागरिक मर्कामा परेको भन्दै संयुक्त राष्ट्रसंघसहितका सहयोगी निकायले जीवन रक्षाका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *