heading first खेलकुद समाचार

साफ च्याम्पियनसिप :भूटानमाथि शानदार जित

काठमाडौँ,:  बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भूटानमाथि शानदार जित हात पारेको छ । 

बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा  सम्पन्न खेलमा नेपालले भूटानलाई ४–० गोलले पराजित ग¥यो ।

नेपालले खेलको २१औँ मिनेटमा अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्दै ४–० को जित निकालेको हो ।

त्यसैगरी ७१औँ मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए । भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डि एरियामा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत गरेका थिए ।

त्यसपछि खेलको ७९औँ मिनेटमा भरत खवासले उत्कृष्ट गोल गरे । भुटानलाई लगातार दबाबमा राखेको नेपालले ८८ औँ मिनेटमा निराजन खड्काले गोल गरेर नेपाललाई ४–० को जित दिलाए । जितसँगै नेपालले महत्वपूर्ण तीन अङ्क जोडेको छ ।

जितसँगै नेपालको सेमिफाइल पुग्ने सम्भावना बढेको छ । हारसँगै भूटान प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपाल पहिलो खेलमा मङ्गलबार पाकिस्तानसँग २–१ ले पराजित भएको थियो । नेपालले अब समूहको अन्तिम खेल आयोगक बङ्गलादेशसँग शनिबार खेल्नेछ ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *