समाचार

निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न पाँचजना पक्राउ

काठमाडौं : प्रहरीले निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न ‘सुटर’सहित पाँच जनालाई पक्रेको छ । मंगलबार महानगरीय प्रहरीले एक भारतीय नागरिकसहित पाँचै जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
सुटर राजीव स्याङ्तानले गौचनको हत्या गरेको प्रहरीले जनाएको छ । ‘गुन्डा’ समिरमानसिंह बस्नेतको योजनामा स्याङ्तानले व्यवसायी गौचनमाथि गोली हानेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गोली हान्न निर्देशन दिने बस्नेत भने फरार रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले हत्यामा संलग्न सुटरसहित पाँचजनालाई पक्रन प्रहरी सफल भएको जानकारी दिनुभयो ।
डीआइजी गणेश केसीको संयोजकत्वमा गठित छानबिन समितिले गुन्डा समिरमान सिंहलगायतलाई शंकाको घेरामा राखेर अनुसन्धान गरेको थियो ।
गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या गरिएको थियो । मोटरसाइकलमा आएकाहरुले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरी हत्या गरेका थिए ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *