राजनीति समाचार

गोरखामा माओेवादी केन्द्रका नेता नारायणकाजीलाई लक्षित गरी बम विष्फोट

काठमाडौं : माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी सुतली बम प्रहार भएको छ ।
घटनामा कुनै क्षति नभएको प्रहरीले जनाइएको छ ।
गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा हिँड्दै गर्दा बम विष्फोट भएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।

यस्तै, सिंचाई राज्य मन्त्री अमरसिंह पुनलाई लक्षित गरी रोल्पाको घोडागाउँमा बम विष्फोट भएको छ । कांग्रेसको तर्फबाट उम्मदेवार बन्नुभएका पुन माथि घरदैलो कार्यक्रममा गएका बेला सुवर्णवती गाउँपालिका–१,घोडा गाउँमा बम विष्फोट भएको हो । गाडी सवार उहाँमाथि पडाडिबाट बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सुत्ली बम प्रहार भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनामा कुनै क्षति भने भएको छैन । चुनाव विरोधी विप्लव समूहले बम प्रहार गरेका हुन सक्ने आशंका गरिए पनि विप्लव नेतृत्वको नेकपाले भने अस्वीकार गरेको छ ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *