समाचार

पश्चिम सेती जलविद्युत् आयोजना : नेपाल विद्युत प्राधिकरण र चीनको थ्री गर्जेजबीच ७५० मेगावाटको सम्झौता

काठमाडौं : नेपाल विद्युत प्राधिकरण र चीनको थ्री गर्जेजबीच सात सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि संयुक्त लगानी गर्ने सम्बन्धी सम्झौता (जेभीए) भएको छ ।
काठमाडौंको रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा दुई कम्पनीबीच सम्झौता भएको छ । जेभीएमा प्रारम्भिक हस्ताक्षर भएको १० महिनापछि बिहीबार अन्तिम सम्झौता भएको हो । प्रारम्भिक सम्झौतालाई थ्री गर्जेजको बोर्डबाट पारित नहुँदा आयोजना निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएन ।
थ्रि गर्जेजको टोली काठमाडौं आएर सम्झौता गरेको प्राधिरणले जनाएको छ । कम्पनीको प्राविधिक टोलीले आयोजना स्थलको भौगर्भिक अध्ययन गरिसकेको बताइएको छ । प्रदेश नं. ७ का डोटी, बैतडी, बझाङ र डडेलधुरा पुगेर टोलीले अध्ययन गरेको हो ।
सरकारले केही दिन अघिमात्र चिनियाँ कम्पनी गेजुवासँग बुढिगण्डकी आयोजना निर्माणको सम्झौता खारेज गरेको थियो ।
सन् १९९३ मा स्थापना भएको थ्री गर्जेज पूर्ण सरकारी स्वामित्वको चिनियाँ कम्पनी हो । यसले चीनमा विश्वकै ठूलो २२ हजार मेगावाटको आयोजना निर्माण गरिसकेको छ ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *