
काठमाडाैं : पीतृको मोक्ष र उद्धारका लागी आज देशभरका शिवालय वरीपरी सतविज छरी वालाचतुर्दशी मनाइँदै छ । मंसिर कृष्ण चतुर्दशीका दिन परिवारभित्रका सदस्यको दिवंगत आत्माको शान्तिको कामना गर्देै धान,जाँै तिल,गहुँ,चना,मकै र कागुनो मिश्रित सतविज शिवालय वरीपरी छर्ने चलन छ ।
यसो गर्दा पीतृलाइ अन्न कमि नहुने र सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ ।
बालासुर राक्षसको नामबाट आाएको चतुर्दशीमा सतविज छर्नाले मृतकले जिवित अवस्थामा गरेका सम्पुर्ण पाप नाश हुने जनविश्वास छ । सतविजको एक गेडा छरे सुन दान गरे बराबरको फल प्राप्त हुने धर्मशास्त्रविद्हरु बताउँछन् ।
मंसिर कृष्ण त्रयोदशिका दिन साँझदेखि भोलीपल्ट सतविज छर्ने बोलासम्म पीतृको नाममा बत्ति बाल्ने गरिन्छ । काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेका १ सय १८ शिवलिंग कैलाश, सुर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगीथलीलगायतका स्थानमा श्रद्धालुको अघिल्लो दिन साँझदेखि नै भीड लाग्ने गर्दछ ।पशुपति क्षेत्र कोषले भक्तहरुका लागि विशेष प्रबन्ध मिलाएको छ ।
यसैबीच, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव तयारी पुरा भएको छ । काठमाडाँैमा आयोजित पत्रकार सम्मेलनमा शान्ति, खुसी र स्वास्थ्यका लागी परमात्मा ज्ञान मुल नारासाथ मनाइने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइएको छ । केन्द्रका उपाध्यक्ष ब्रह्मकुमार रामसिंह ऐरले राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने महोत्सवमा करिव १० हजार सहभागी हुने बताउनु भएको छ ।



