समाचार

बस दुर्घटनाका घाइते काठमाडौं र भरतपुरमा

चितवन । काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको बस इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारमा आज बिहान ९:१५ बजे दुर्घटना हुँदा मृत्यु भएकामा चार पुरुष र दुई महिला छन् ।
घाइतेको संख्या २१ पुगेको छ । प्रजिअका अनुसार घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि काठमाडौं र अन्यलाई भरतपुरतर्फ ल्याउँदै गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार लु २ ख २९१ नंको उक्त बस काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो ।

बस पानीमा डुबेका कारण थप क्षति हुन सक्ने अनुमान प्रहरीले गरेको छ । अहिले उद्धार जारी छ । काठमाडौंबाट अर्घाखाँची जान आउँदै गरेको बस सडकबाट एक सय मि तल नदीमा पुगेको हो । दुर्घटनास्थल मुग्लिनबाट १३ किमी काठमाडौंतर्फ पर्छ ।
सो बस काठमाडौंबाट बिहान ५:४० बजे हिँडेको प्रहरीले जनाएको छ । सो बसले बिहान बालाजुबाट २६ यात्रुको चलानी लिएर आएको थियो । त्रिशूलीमा खसेको बसको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *