खेलकुद

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौँः दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ ।

महासंघले बुधबार सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा आगामी पुस २ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा पुस ४ गते भारतको सामना गर्नेछ भने तेस्रो तथा अन्तिम खेल पुस ६ गते भुटानसँग खेल्नेछ । राउण्ड रोविन लिगअनुसार हुने उक्त खेलमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले पुस ९ गते फाइनल खेल्नेछन् । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानका गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *