heading first राजनीति

मकवानपुरमा थापा र दाहाल, खतिवडा र उपाध्यायबीच कडा प्रतिस्पर्धा

मकवानपुरः आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।
चुनावी माहोल बढेसँगै वि.सं. २०५१ र २०५६ संसदीय निर्वाचनको प्रतिस्पर्धामा ओर्लिएका उम्मेदवार पुनः यसपटक चुनावी मैदानमा होमिएका हुन् ।
दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको निर्वाचन क्षेत्र– १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा र वाम गठबन्धनका उम्मेदवार कृष्ण दाहाल यसपटक पनि निर्वाचनमा सँगै प्रतिस्पर्धा गर्ने भएका छन् । दुबै निर्वाचनमा दाहालले थापालाई पराजित गर्दै मकवानपुरबाट सांसद बन्नुभएको एमाले मकवानपुरले जनाएको छ ।
दाहालले मकवानपुरको विकासमा गरेको महत्वपूर्ण योगदानका फलस्वरुप आफ्नो जित सुनिश्चित भएको दाबी गर्नु भएको छ । त्यस्तै, नेता थापाले लोकतन्त्रको रक्षा कम्युनिष्टबाट नहुने बताउँदै उहाँले लोकतन्त्र र हिन्दू धर्मरक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई मत दिन आग्रह गर्नुभयो ।
त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर– २ मा लोकतान्त्रिक गठबन्धनबाट महालक्ष्मी उपाध्याय (डिना) र वाम गठबन्धनबाट विरोध खतिवडा उम्मेदवार बन्नुभएको छ । यसअघिको संसदीय निर्वाचन २०५१ र २०५६ मा दुबै जना पनि एक अर्काको प्रतिस्पर्धीका रुपमा हुनुहुन्थ्यो ।
दुईवटै निर्वाचनमा खतिवडा विजयी भएका थिए । उपाध्यायले दुई पटकसम्म खतिवडाले आफूलाई जितेको भए पनि यसपटक भने जित्नेपालो आफ्नो रहेको बताउनुभयो ।
नेपाली काँग्रेस मकवानपुरमा आएको पार्टी प्रवेशको लहरले आफू जित्ने दाबी उहाँको छ । उपाध्यायको प्रतिद्वन्द्वीका रुपमा रहनुभएका खतिवडाले मकवानपुर जिल्ला कम्युनिष्टको लालकिल्ला रहेको र थाहा दर्शनका प्रतिपादक रुपचन्द्र विष्टको जन्मभूमी रहेकाले पनि यहाँ वाम गठबन्धनको हार नहुने बताउनुभयो ।
सन् २०६२÷६३ को जनआन्दोलनपछिको २०७४ सालको संविधानसभा निर्वाचनमा चारवटै क्षेत्र माओवादीले जितेको थियो भने संविधानसभा दोस्रो निर्वाचनमा तीन क्षेत्र एमाले र एउटामा नेपाली काँग्रेसले विजयी भएका थिए ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *