heading first राजनीति

रसुवागढी नाकालाई पहिलो प्राथकितामा : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले रसुवागढी–काठमाडौ–पोखरा हुदै लुम्बिनी जोड्ने रेलमार्गलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।
हिजो रसुवागढी नाकाको अवलोकनपछि टिमुरेमा आयोजित कार्यक्रममा बोल्दै ओलीले रसुवागढी नाकालाई अन्तर्रा्ष्ट्रिय नाकाको रुपमा विस्तार गरिने पनि बताए ।
उनले गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ रसुवागढी सडकलाई चार लेनको बनाउने घोषणा समेत गरे ।
यसैबीच ओलीले लाङटाङ क्षेत्रको भूकम्प प्रभावित क्षेत्रको समेत अवलोकन गर्दै सरकार बनेपछि पुनर्निर्माणलाई तत्काल अघि बढाउने आश्वासन दिए ।
ओलीसँगै एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र सचिव शंकर पोखरेललगायत रसुवा पुगेका थिए ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *