काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनमा सफलता प्राप्त गरेकामा बधाई दिँदै भारत भ्रमणको निम्तो दिनुभएको छ ।
एमाले अध्यक्ष ओलीलाई मोदीले टेलिफोन गरी मोदीले भरखरै भएको चुनावमा वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेकामा खुशी व्यक्त गर्दै बधाई दिनुभएको हो । भारतीय प्रधानमन्त्री मोदीले ओलीसँग नेपालमा तीन वटै निर्वाचन सम्पन्न भएकामा खुशी व्यक्त गर्नुभएको एमाले सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनु भएको छ । मोदीले आफु ओलीलाई स्वागत गर्न आँतुर रहेको जानकारी समेत दिनु भएको ज्ञवालीले बताउनु भएको छ ।



