नेपालको राजश्वको दर बढाउनुभन्दा सहभागिता र सरलता बनाउन अर्थविद् चन्द्रमणि अधिकारीले सुझाएका छन् । उनले भने, नेपालको राजस्व उपभोगमा आधारित छ, त्यसैले करमा आधारित राजश्वको दायरा बढाउन आवश्यक छ । खर्च गर्न नसक्नु बेग्लै कुरा हो, तर हामीले अबका पदनमा धेरै गर्नुछ, विकासका संरचना तयार गर्नुछ । त्यसकारण हामीलाई राजस्व चाहिन्छ, राजस्व भएन भने वैदेशिक सहयोगमा निर्भर पर्नुपर्छ । खर्च गर्ने क्षमता हामीले बढाउन नसकेको चाहिँ पक्कै हो । आउँदा दिनमा हामीले यस्ता कुरामा सुधार गर्नुपर्छ । कार्यविधि, समन्वय, अनुगमन, प्रवृत्तिमा जनशक्तिलाई नेपालमै रोक्न सकियो भने खर्च बढछ । यिनै विषयमा जनता मिडिया नेटवर्कका लागि अधिकारीसँग सञ्जीव अधिकारीले गरेको कुराकानी–
० यति धेरै राजस्व उठाएर उठाउने लक्ष्य लिएर केमा खर्च गर्नु ?
– राजस्व उठाउने लक्ष्य अझ कम भयो । हाम्रो अर्थतन्त्रको राजस्व क्षमता हेर्ने हो भने अझ कम हो । तर हाम्रो राजस्व क्षमता कति हो भन्ने अनुसन्धान गरिएको छैन । गत वर्ष हेर्ने हो भने ५ सय ६५ अर्बको राजस्व लक्ष्य राखिएको थियो, तर ६ सय ९ अर्ब राजस्व उठ्यो । मैले त्यसबेलै भनेको थिएँ, राजस्वबारे हामीले राम्रोसँग प्रक्षेपण गर्न सकेनौं, जसले गर्दा राजस्वको अंक कम देखियो ।
हामीले जुन किसिमको काम गर्न खोज्दैछौं, उपभोगमा जुन किसिमको वृद्धि भएको छ, राजस्वको दायरा फराकिलो बनाउनुपर्छ । राजस्व त उठ्छ, तर खर्च गर्न नसक्नु हाम्रो कमजोरी हो ।
० खर्च गर्न केले रोक्यो ?
– हिजो प्रविधिमा हिडेर खर्च बढ्दैन । निकायहरुका बीचमा समन्वय नहुँदा पनि खर्च हुँदैन । बजेट ढिलो आउने र कानुनमा सुधार भइरहेको छ । निर्माण व्यवसायीहरुका अनुसार जनशक्ति कमी छ । जनशक्तिको ठाउँमा औजार बढी प्रयोग गर्ने, प्रविधिलाई हाम्रो जनशक्तिसँग परिचित गराएर हाम्रो निर्माण क्षेत्रमा लगाउनुपर्छ । खाडी देशमा कमाएको भन्दा आफ्नै देशमा बढी कमाउन थालेपछि जनशक्ति स्वदेशमै रहने भयो ।
सरकारमा बस्नेहरु काम गरे पनि वा नगरे पनि तलबभत्ता आइरहेको हुन्छ भन्ने प्रवृत्ति देखियो । राम्रो गर्नेलाई पुरस्कृत गर्ने र जिम्मेवारी पूरा नगर्नेलाई दण्डित नहुने भएकाले खर्च गर्ने प्रवृत्तिमा कमी हुन थाले । आउँदा दिनमा हामीले यस्ता कुरामा सुधार गर्नुपर्छ । कार्यविधि, समन्वय, अनुगमन, प्रवृत्तिमा जनशक्तिलाई नेपालमै रोक्न सकियो भने खर्च बढछ ।
अडियो सुनियोस–



