heading first समाचार

कमल थापाले पूर्वराजालाई किन भेट ?

काठमाडौं । राप्रपा अध्यक्ष थापा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नेपालगञ्ज पुग्नु भएको छ । पूर्वराजा ज्ञानेन्द्र र उपप्रधानमन्त्री समेत रहेका थापाबीच भुजईगाँउमा भेट वार्ता भयो । केही दिनदेखि नेपालगञ्जमा रहनुभएका पुर्वराजा ज्ञानेन्द्रसँग डेढ घण्टा छलफलमा भएको भेटपछि राप्रपा अध्यक्ष थापाले बताउनु भयो ।
थापाले ‘पूर्वराजासँग शिष्टाचार कुरा मात्रै भएको जानकारी दिनु भयो । पूर्वराजाले राप्रपाको कार्यक्रमबारे चासो राखेको पनि अध्यक्ष थापाले बताउनु भएको छ । पूर्वराजाको मध्य र सुदूरपश्चिम भ्रमण राजनीति उद्देश्यले अभिप्रेरित नभएको र ‘होटल सोल्टीको उद्घाटन, धार्मिक भ्रमणको लागि मात्र भएको बताइएको छ ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *