heading first समाचार

जाजरकोटमा फैलिएको रोग इन्फ्लुएन्जा भएको पुष्टी

काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको रोग भाइरल एन्फ्लुएन्जा भएको पुष्टी भएको छ । काठमाडौंस्थित रोग नियन्त्रण महाशाखाको प्रयोगशालामा विरामीको नमुना परीक्षणपछि यो पुष्टी भएको हो । प्रयोगशालामा विरामीको खकार, सिंगान र ¥याल परीक्षण गर्दा ‘क’ समूहको एच थ्री एन टु भाइरस देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले जानकारी दिनु भएको छ । ५ नमुना मध्ये एउटामा यो जीवाणु फेला परेको डा. आचार्यले जानकारी दिनु भएको छ ।
यसैबीच, हिजो स्वास्थ्य सचिव पुष्पा चौधरीको टोली जाजरकोट पुगेर फर्किएको छ । स्वास्थ्य सचिव चौधरीले रुघाखोकी जटिल प्रकृतिको महामारी नभएको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको बताउनु भएको छ ।

Online Shopping in Nepal-Mridaya

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *