लन्डन । यो सिजन इंगलिस प्रिमियर लिगमा अपराजित रहेको म्यानचेस्टर सिटी अन्तः हार्न पुगेको छ । जारी लिगको २३औं खेलमा सिटी लिभरपुलसँग ४–३ ले हारेको हो ।
अन्तिम समयमा खेलमा फर्किने खुवै प्रयास गरे पनि म्यानचेस्टर सिटीले लिभरपुलको मैदान एन्फिल्डमा भएको खेल जित्न सकेन । मध्यान्तरसम्म १–१ को बराबरी भएको थियो । लिभरपुलका लागि एलेक्स च्याम्बरलेन, सादियो माने, मोहमद सालेह, र रोबर्टो फर्मिन्होले गोल गर्नुभयो ।
अन्तिम ६ मिनेटमा दुई गोल गरे पनि हार नटारेको सिटीका लागि लेरोए साने, बर्नान्डो सिल्भा र गुएन्डोगानले १–१ गोल गर्नुभयो । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १५ अंकले अग्रता लिएको म्यानचेस्टर सिटीको ६२ अंक छ ।
यस्तै, आर्सनलको अधोगति कायमै छ । आर्सनल बर्नमाउथसंग २–१ ले हार्न पुगेको छ ।



