समाचार

इलाम विकास समाजको माघे संक्रान्ती कार्यक्रम सम्पन्न

काठमाडौं । माइबेनी मेलाको झझल्को दिने गरि इलाम बिकाश समाजले काठमाडौको अनामनगरमा माघे सन्क्रान्ती मेलाको आयोजना गरेको छ । कार्यक्रम पुर्व सभामुख तथा एमाले बरिष्ठ नेता सुवास नेम्वाङ्गको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा काठमाडौमा इलामबाट आएर विभिन्न क्षेत्रमा कार्य गर्ने व्यवसायी, कर्मचारी, पत्रकार, राजनीतिज्ञ, समाजसेवी साहीत्यकार इलामेलीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

इलामबाट काठमाडौं आएका इलामेलीहरुको जमघट, भेटघाट हुने तथा इलामको विकासका लागि छलफल गर्ने एउटा प्लेटफर्म बनोस भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयो ।

यसैगरी पुर्वसभामुख नेम्वाङ्गले यस्ता कार्यक्रमले आफ्नो जन्मक्षेत्रसँगको सम्बन्धलाई धुमिल हुन नदिने भएकोले यस्ता कार्यक्रम बेलाबखतमा भैरहनुपर्ने विचार समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सेलरोटी, तरुल तथा घिउ चाकु खाने कार्यक्रम पनि रहेको थियो ।

Online Shopping in Nepal-Mridaya

Mridaya – Online Shopping in Nepal

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *