heading first समाचार

प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ

काठमाडौं । सातवटै प्रदेशका प्रदेश प्रमुखले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयमा दिउँसो शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
हिजो सार्वजनिक बिदा परेकाले शपथग्रहण शुक्रबार सरेको हो । सरकारले बुधबार प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । यसैबीच, निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन तयार गरेको छ । प्रदेश प्रमुखले शपथग्रहण गरेपछि लगत्तै प्रतिवेदन बुझाउने गरी राष्ट्रपति कार्यालय र सरकारसँग समन्वय भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *