
काठमाडौं । पाँच नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी आमहड्ताल र बन्द गएरातिदेखि फिर्ता भएको छ ।
संयुक्त सर्वदलीय संघर्ष समितिको हिजो बेलुका बसेको बैठकले अहिलेलाई बन्द र हड्तालका कार्यक्रम स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो ।
राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्नुका साथै निर्वाचन आयोगको आग्रहलाई गम्भीरतापूर्वक लिँदै केही समयका लागि बन्द र हड्तालका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको संघर्ष समितिले प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ ।
बन्दका कार्यक्रम स्थगित भएपछि लामो समयदेखि पूर्व पश्चिम राजमार्गत अन्तर्गत दाङको सिमा क्षेत्रमा रोकिएका सवारी साधन चल्न थालेका छन् । जिल्लाभित्र पनि यातायातका साधनहरु सञ्चालन हुन थालेका छन् ।



