खेलकुद

टोटनहम हट्सपर र साउथह्याम्टनले अंक बाँडे

लन्डन । प्रिमियर लिग अन्तर्गत आइतबार भएको एक मात्र खेलमा टोटनहम हट्सपर र साउथह्याम्टनले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्।
दुवै गोल टोटनहमका खेलाडीले गरेका गरेको थिए। १५औँ मिनेटमा टोटनहमका डेभिडसन सान्चेजले आत्मघाती गोल गरेपछि साउथह्याम्पटनले पहिले अग्रता लिएको थियो। तर त्यसको ३ मनेटपछि नै ह्यारी केनले टोटनहमका लागि बराबरी गोल फर्काए।
बराबरीपछि २४ खेलबाट ४५ अंक रहेको टोटनहम पाँचौ स्थानमा यथावत छ। समान खेलबाट ६५ अंक जोडेको म्यानचेष्टर सिटी शीर्ष स्थानमा आसिन छ। २४ खेलबाट २२ अंक मात्र रहेको साउथह्याम्पटन भने पूछारबाट तेस्रो स्थानमा छ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *