
लन्डन । म्यानचेष्टर सिटीले ब्रिस्टोल सिटीलाई समग्रमा ५३ ले हराउदै लिग कपको फाइनलमा प्रवेश गरेको छ । पहिलो लेग २–१ ले जितेको सिटीले दोस्रो लेगमा ब्रिस्टोललाई उसैको मैदानमा ३–२ ले हरायो । सिटीका लागि लरेय साने, सर्जियो अगुएरो र केभिन डे बु्रएनाले गोल गर्नुभयो । उता ब्रिस्टोलका लागि मार्लोन प्याक र एडेन फ्लिन्टले एक एक गोल गर्नुभयो । सिटीले अब उपाधिका लागि चेल्सी र आर्सनलको विजेतासँग खेल्नेछ । पहिलो लेग गोलरहित बराबरी खेलेको यी दुईबीचको दोस्रो लेग आज राती हुँदैछ ।



