heading first राजनीति

को–कसलाई भेट्दैछिन् आज भारतीय विदेशमन्त्री स्वराजले

काठमाडौं । नेपाल भ्रमणमा रहनु भएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ । उहाँले आज राष्ट्रपति, प्रधानमन्त्री र माओवादी अध्यक्षसँग भेट्दै हुनुहुन्छ । विदेशमन्त्री स्वराजले अहिले माओवादी अध्यक्ष प्रचण्डसँग सोल्टीमा खाजासहितको भेट गर्दै हुनुहुन्छ ।
उहाँले साढे ११ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने र साढे १२ बजे बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका उच्चस्तरीय नेताहरुसँग भेट गर्ने कार्यक्रम छ । उहाँ आजै अपरान्ह दिल्ली फिर्ता हुने बताइएको छ ।
विदेशमन्त्री स्वराजले काठमाडौं आएकै दिन हिजो एमाले अध्यक्ष केपी ओलीसँग पहिलो भेट गर्नुभएको थियो । होटल सोल्टीमा स्वराजले पहिले ओली एक्लै र पछि एमाले नेताहरुसँग सामुहिक भेट गर्नु भएको हो ।
भावी प्रधानमन्त्रीको रुपमा हेरिएका ओलीलाई भारतीय विदेशमन्त्रीले बहालवाला प्रधानमन्त्रीलाई जस्तै गरी महत्व दिनुभएकोे छ, भने ओलीले पनि अगाडि राष्ट्रियझण्डा राखेर बहालवाला प्रधानमन्त्रीले जस्तै भारतीय विदेशमन्त्रीसँग भेट गर्नुभएको छ ।
भेटवार्तासँगै ओली र एमाले नेताहरुले होटल सोल्टीमा रात्रीभोज सहित स्वराजलाई स्वागत र सम्मान दिनु भयो । भारतीय विदेशमन्त्री स्वराज सरकारको निमन्त्रणामा भन्दा पनि मोदीको विशेष दूतका रुपमा ओलीलाई भेट्नकै लागि नेपाल आउनुभएको हो ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *