heading first समाचार

नेपालका विश्वविद्यालय राजनीतिक दलले जता भन्यो त्यतै हिड्छ

डा. प्रमोद ढकाल, अभियान्ता खुलाविश्वविद्यालय
नियमित कलेज वा विद्यालय कक्षा जान नसक्नेले घरमै अध्ययन गरेर पिएचडीसम्मको डिग्री लिन पाउने भएका छन् । पहिलो पटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयले अब प्रविधिको प्रयोग गरेर स्नातकदेखि पिएचडीसम्मको डिग्री दिने भएको हो । खुला विश्वविद्यालयको प्राज्ञिक परिषद्ले डिप्लोमान, पोष्ट ग्राजुएट, मास्टर्स, एमफिल्ड र पिएचडीसम्मका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
खुला विश्वविद्यालयको प्रणालीमा गइसकेपछि सर्वसाधारणलाई के फाइदा हुन्छ ? के हो खुला विश्वविद्यालय भनेको ? यो सन्दर्भमा खुला विश्वविद्यालयका संस्थापक अभियान्ता एवम् एनआरएन एकेडेमी अध्यक्ष डा. प्रमोद ढकालसँग जनता मिडिया नेटवर्कका लागि चन्द्र धामीले गरेको कुराकानी–

० खुला विश्वविद्यालय नयाँ नाम हो ?
– यो नयाँ नाम होइन, विश्वव्यापी अभियान हो । सन् १९६९ मा बेलायतले पहिलो खुला विश्वविद्यालय बनाएको थियो । त्यसपछि अरु देशहरुले पनि बनाए । नेपालका छिमेकी राष्ट्रले पनि खुला विश्वविद्यालय बनाएका छन् । त्यस अर्थमा खुला विश्वविद्यालय नयाँ होइन । नेपालले बनाएको चाहिँ पहिलो पटक हो ।

० खुला विश्वविद्यालयलाई कसरी बुझ्ने ?
– बजारमा सुन्दा घरमा बसेर डिग्री लिने, विश्वविद्यालय नगइ डिग्री लिने हो भनिएको छ । तर हामीले सोचेको त्यस्तो थिएन । म पनि यो खुला विश्वविद्यालयको परिकल्पनाकार हुँ ।
ज्ञान चाहिँ विश्वविद्यालयले खुला गर्दैनन् । नेपाली जनतालाई देखाउँदैनन । त्यो ज्ञान सबैलाई देखाउने विश्वविद्यालय मात्र मैले कल्पना गरेको खुला विश्वविद्यालय हो । उदाहरणका लागि आज बुढानीलकण्ठमा पढाइएको गणित वा विज्ञान नेपालका कुनै पनि विद्यालयमा पढ्ने विद्यार्थीले हेर्न पाउँदैनन्, त्यो गोप्य छ । नेपालका कुनै पनि सार्वजनिक संस्थामा पैसा प्रयोग गरेर पढाइने ज्ञान नेपाली जनताले हेर्न पाउँदैनन ।
क्यान्सरका विरामीले क्यान्सरका बारेमा के पढाइ हुन्छ भन्ने कुरा उनीहरुले हेर्न पाउँदैनन । समाजले नै फैलाउन समाजले खर्च गरेको ज्ञान फैलिन पाउँदैन । यो परम्परालाई तोडेर सार्वजनिक पैसा उत्पादन भएको प्रत्येक ज्ञान सार्वजनिक बनाउनुपर्छ भन्ने सिद्धान्तलाई अंगिकार गरेर एउटा विश्वविद्यालय बनाउ भन्ने अभियानमा हामी लागेको हो ।
नेपाल सरकार र गैरआवासीय नेपाली संघको अभियान भनेर हामीले अघि बढाएको हौं । तर, खुला विश्वविद्यालय बनिसकेपछि नेपाल सरकारले एकलौटी रुपमा बनाउछु भन्यो । त्यसैले हामी त्यहाँ सहभागी छैनौं ।
पहिला हामीसँग साथमा नभएका साथीहरुले अभियान अघि बढाइरहनुभएको छ । हामीले र उहाँहरुले भनेको मर्म एउटै होजस्तो लाग्दैन । सरकारले भनेको खुला विश्वविद्यालय दूरशिक्षा हो । अर्थात् टाढा बसेर पढ्नुलाई उहाँहरुले खुला भनिरहनुभएको छ । जहाँ डिग्री नभए पनि पढेदेखि त्यो खुला भयो । ब्याचलर्स डिग्री पढ्नुभएको थियो पहिला, मास्टर्स डिग्री खुलाबाट पढ्नुभयो भने खुल्ला भएन । त्यही दुरशिक्षामा ब्याचर्ल डिग्री नगरी १०–१२ कक्षा पढेर मास्टर्स डिग्रीमा भर्ना हुनुभयो अथवा पिएचडीमा भर्ना हुनुभयो भने त्यो खुला भयो । पत्रिका पढ्दा मलाई त्यस्तो इप्रेसन भयो । के सत्य हो भने त्यहाँ बस्ने साथीहरुले जान्ने कुरा हो ।
यतिका धेरै विश्वविद्यालय भएर पनि ज्ञान नेपाली जनतालाई देखाइदिदैन । कृषि विश्वविद्यालयमा पढाइने ज्ञान नेपालका कृषकलाई देखाइदैन । यी विश्वविद्यालयहरुले पढाइ गोप्य राख्ने भएको हुनाले यो गोपनीयताको प्रथालाई तोडेर ज्ञान समाजमा फैलाउँछौं भन्ने उद्देश्यले हामीले यो खुला विश्वविद्यालयको अवधारणा ल्याएका हौं । यो उद्देश्यअनुरुप विश्वविद्यालय खुल्छ वा खुल्दैन भन्ने कुरा मलाई थाहा छैन ।

० तपाईंहरुले सोचेको र सरकारले कार्यान्वयनमा ल्याउने विश्वविद्यालय फरक हो ?
– मेरो विचारमा फरक हुन्छ होला । हामीले लेखेको स्वतःपत्र र वकिङ पेपर उनीहरुको वेभसाइटमा राखिएको छैन । स्थापना पूर्व नै हामीले नेपाल सरकारलाई ती कागज दिएका हौं । विश्वविद्यालय स्थापन गर्नका लागि बनाइएको कागजपत्र बोर्डले पारित गरेको थियो । ती कागजसमेत उसले सार्वजनिक गर्दैन् । यो अर्कै दिशामा हिडिरहेको होला भन्ने मेरो अनुमान । नेपालका सबै विश्वविद्यालय राजनीतिक दलहरुले आफै चलाउन हिडिरहेका त हैनन् ? पार्टीले जता भन्यो, त्यतै हिड्ने होला विश्वविद्यालय ।
अन्तर्वार्ता अडियोमा सुन्नुहोस्

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *