काठमाडौं । संघीय समाजवादी फोरमले प्रदेश २ संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ ।
यससँगै वीरगञ्जका राउतलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुबैले गठबन्धन बनाएर चुनाव लड्नु भएको थियो ।
जनकपुरमा बसेको दलको बैठकले सर्वसम्मत रुपमा राउतलाई दलको नेता चयन गरेको हो । यसअघि दलको नेताका लागि राउतसहित ७ जनाले उम्मेदवारी दिनु भएको थियो । तर, सहमतिका लागि अरुले नाम फिर्ता लिए ।
मुख्यमन्त्रीका लागि राउतसँगै कोषाध्यक्ष विजय यादव र शैलेन्द्र साह प्रमुख दावेदार रहनु भएको थियो ।



