मनोरन्जन

प्रकाश सपुतको दोहोरी ब्याटल (भिडियो सहित)

बहुप्रतिभाका धनि गायक तथा सर्जक साथै मोडल प्रकाश सुपतको नयाँ गीत दोहोरी व्याटल सार्बजनिक भएको छ ।
पप दोहोरी जस्तो सुनिने उनको सो गीतमा पछिल्लो समयका युवा युवतीहरुको भावना समेटीएको छ । गीतलाइ मौलिकता बोकेका लोकदोहोरी गीतसङ्ग तुलना नगर्नको लागि सपूतले आग्रह गरेका छन् उनले भनेका छन्,
“सर्बप्रथम हामी यो जानकारी गराउछौ कि यो लोक दोहोरीगीत होइन । दोहोरी शैलीबाट प्रभावित भए पनि यसमा लोकदोहोरीको जस्तो थेगो (रहनी) र बाजाहरु प्रयोग गरिएका छैनन्। त्यसैले यसलाई दोहोरी ब्याटल नाम दिएको हो । भिडियो हेरेपछि यसलाई नेपालि मौलिक बोकेको लोकदोहोरी गीतसङ्ग तुलना नगरिदिनुहोला ।”


प्रिति आले र प्रकाश सपुतको आवाज रहेको सो गीतमा अभिनय स्वयं कलाकारहरुलेनै गरेका छन ।
गीतलाई भाका नेपालको युउटुव च्यानलबाट सार्वजनिक छन ।
गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *