समाचार

तीन सांसदलाई सपथ नगराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रियसभाको सदस्यका लागि राष्ट्रपतिले मनोनित गरेका ३ जनालाई शपथ नगराउन अन्तरिम आदेश दिएको छ । शपथ रोक्न र आफूहरुलाई राष्ट्रियसभा सदस्य बनाउन माग गर्दै गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले दायर गरेको रिटको सुनुवाईमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा सिफारिस गरेका गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई मनोनित नगरी राष्ट्रपतिले केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रियसभामा मनोनित गर्नुभएको थियो ।

खतिवडा, बिडारी र पौडेलको मनोनयन संविधानसम्मत नदेखिएकाले तत्काल शपथ नगराउन सर्वोच्चले अन्तरिम आदेश दिएको हो । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले तत्कालको लागि ३ जनाको सपथ नगराउन र २० गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । संसद सचिवालयले २० गते राष्ट्रिय सभा सदस्यहरुलाई सपथ गराउने तयारी गरेको छ ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *