खेलकुद

बार्सिलोना च्याम्पिन्स लिगको क्वार्टफाइनलमा

लन्डन । बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । प्रिक्वार्टरफाइलनको दोश्रो लेगमा चेल्सीलाई ३ शून्यले हराएपछि समग्रमा ४–१ को जितसहित बार्सिलोना अघिल्लो चरणमा प्रवेश गरेको हो ।
बुधबार राति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले २ तथा ओस्मान डेम्बलेले गोल गरे । खेलको तेश्रो मिनेटमै मेस्सीको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि डेम्बलेले २० औ मिनेटमा अर्को गोल थपेका थिए ।
मेस्सीले ६३ औ मिनेटमा थप एक गोल गरेपछि खेल ३ शून्यले बार्सिलोनाले जितेको हो । नतिजापछि पाँचपटकको च्याम्पियन्स लिग विजेता चेल्सी प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ । यसअघि म्यान्चेष्टर युनाइटेड र टोटनह्याम पनि नकआउट चरण नपुगि बाहिरिइसकेका छन् । योसँगै मेस्सीले च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या एक सय र्पुयाएका छन् ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *