खेलकुद

पाँच वर्षभित्र सातै प्रदेशमा आधुनिक रंगशाला

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि डिपिआर तयार गर्ने काम सुरु भइसकेको बताउनु भएको छ ।
उहाँले पाँच वर्षभित्र सातै प्रदेशमा प्रदेशस्तरीय आधुनिक सुविधासम्पन्न रंगशालाको निर्माण गरिने जानकारी पनि दिनु भएको छ ।
त्यस्तै, महानगर, नगरपालिका तथा वडा स्तरमा पनि स्थानीय तहसम्म खेलमैदान तयार पार्ने तथा त्यसका लागि चाहिने भौतिक पूर्वाधार तयारी गर्ने कामका लागि सरकार लाग्ने मन्त्री विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *