काठमाडौं । न्याय परिषदले रिक्त प्रधानन्यायाधीश नियुक्तिका लागि सर्वोच्च अदालतका तीन जना वरिष्ठ न्यायाधीशको नाम प्रस्ताव गरेको छ ।
न्याय परिषदको बैठकले न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषद समक्ष प्रस्ताव गरेको हो । बैठकले सर्वोच्च अदालतमा तीन वर्ष काम गरिसकेको आधारमा तीनजना वरिष्ठ न्यायाधीशको नाम प्रस्ताव गरेको हो ।
सर्वोच्चमा तीन वर्ष काम गरिसकेका न्यायाधीशमात्र प्राधानन्यायाधीश हुन योग्य मानिने कानुनी व्यवस्था छ । जन्ममितिको विवादमा परेका प्रधानन्यायाधीश गोपाल पराजुलीले उमेर हदका कारण साउन २१ गतेदेखि लागु हुने गरी अवकाश पाएपछि दिपकराज जोशी कायममुकायम प्रधानन्यायाधीश हुनुहुन्छ ।



