heading first राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक भोलि मात्रै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय समितको बैठक भोलि मात्रै बस्ने भएको छ । विहीबार विहान ९ बजे बस्ने बैठकमा नेताहरुले धारणा राख्ने क्रम अझै जारी छ । मंगलबारको बैठकमा नेताहरुले निर्वाचनमा पराजयका कारण खोज्दै आफ्नै धारणा राखेका छन । बैठकमा १३ जना केन्द्रिय सदस्यले पार्टी पराजयको समिक्षा गर्दे आगामी दिनका लागि संगठनलाई पुनसंरचना गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।

नेता फरमुल्लाह मन्सुरले कांग्रेसले लिएको राजनीतिक विचारको जित हुँदाहुँदै पनि निर्वाचनमा पराजय व्यहोर्नु परेकोले चिन्ताको विषय भएको बताउनुभयो । बैठकमा पुर्वअर्थमन्त्री रामशरण महतले नेतृत्व संगठन,विचार र एजेण्डाको एकिकृत व्यवस्थापकिय कमजोरी रहेको समिक्षा गर्नुभयो । त्यस्तै अर्का केन्द्रिय सदस्य मिनेन्द्र रिजालले पार्टीभित्र देखिएको चरम गुटबन्दीले पार्टी अनुशासन कायम हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *