heading first अर्थ र उद्यम समाचार

श्वेतपत्रले ल्यायाे शेयर बजारमा पहिराे,दोहोरो अंकले घट्यो बजार

काठमाडौँ, १८ चैत:  धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अंकले ओरालो लागेको छ । 

नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक २४.०५ अंकले ओरालो लागेर एक हजार १९६.२४ बिन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका शेयरको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ५.१९ बिन्दुले ओरालो लागेर २५५.६९ बिन्दुमा पुगेको छ ।

आज कूल १५७ कम्पनीको १२ लाख ८३ हजार १३ कित्ता शेयर रु ३१ करोड २३ लाख ९४ हजार ३७९ मूल्यमा कारोबार भएको स्टकले जानकारी दिएको छ ।

आज सबै उपसूचकको मूल्य ओरालो लागेको छ । बैंकिङ २२.०१, होटल २७.२९, विकास बैंक ३६.१, जलविद्युत् ३७.१४, वित्त ७.१७, बीमा १४८.७७, उत्पादन १५, अन्य ५.६७, माइक्रोफाइनान्स २६.२४ बिन्दुले ओरालो लागेको छ ।

शेयर बजार खासै  संबोधन नभएकाे  श्वेतपत्रमा शेयर बजार सतही भएको र पारदर्शीता नभएको उल्लेख थियो। अझ ढुकुटी नै रित्तो रहेको श्वेतपत्रमा उल्लेख भएपछि शेयर बजार ओरालो लागेको हो।

अर्थमन्त्री डा.युवराज खतिवडाले पूँजी बजार सतही र पारदर्शीताको अभाव रहेको बताएका थिए।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *