समाचार

खड्काको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्ने भएको छ । संसद् सचिवालयले दिएको जानकारी अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको २ बजे आह्वान गरिएको छ । दुवै सदनको शोक प्रस्ताव पारित गराउने समान कार्यसूची छ ।
प्रतिनिधिसभामा निर्वाचित खड्काको गएको शुक्रबार भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । हिजो उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । निधन भएको ३ दिनपछि संसदले पूर्वसांसद् खड्काको शोक प्रस्ताव पारित गर्न लागेको हो

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *