heading first समाचार

 धर्मगुरु श्रीनिवासमाथि गोली प्रहार

मोरङ : धरानका धर्मगुरु श्रीनिवास आचार्यमाथि विराटनगरमा गोली प्रहार भएको छ । गएराति १ बजेतिर विराटनगर महानगरपालिका – १४ जतुवामा उहाँमाथि गोली प्रहार भएको  हाे । 

गोली लागेका श्रीनिवासको न्यूरो अस्पताल विराटनगरमै उपचार भइरहेको छ । कोशी अञ्चल अस्पतालले उपचार गर्न नसकेपछि न्यूरोमा उपचार भइरहेको र काठमाडौबाट सर्जनहरुको टोली विराटनगर जान लागेको पनि अस्पतालमा रहेका उहाँका शुभचिन्तक र स्थानीयबासिन्दाले जनाएका छन् । प्रहरीले भने घटनाबारे केही बताएको छैन ।मन्दिर परिषरमै बसेका आचार्यलाई आदिवासी मंगोल विरोधी र अति हिन्दुवादी प्रवचन दिएको भन्दै गोली हानिएको उल्लेख गरिएको पर्चा फेला परेको बताइएकाे छ ।

सुनसरीको  चतारा धाममा बस्दै आए श्रीनिवासलाई फोनबाट यसअघि पनि पटकपटक गोली हान्ने धम्की आउने गरेको थियो ।
श्रीमदभागवत सप्ताह लगाउनका लागि उहाँ चताराबाट विराटनगर जानुभएको थियो । विराटनगर १४ रानी स्थित रामजानकी मन्दीरमा आज देखि सुरु हुने सप्ताह पुराणमा प्रवचन दिन आउनुभएका आचार्यलाई आज राती  अज्ञात समुहले गोली प्रहार गरेको हो । आचार्यको दाहिने कुमको माथिल्लो भागमा गोली लागेको छ ।

 

 

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *