heading first समाचार

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना, ३ जनाको मृत्यु

२६ चैत, मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीबाट रातमाटे जाँदै गरेको बोलेरो गएराति ९ बजे दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुरेश तामाङ, मोति अधिकारी र कमल स्याङ्बो रहेका छन् । उनीहरुको ठेगाना खुलेको छैन ।

मेलम्ची नगरपालिका ९ पिपलटारमा बा १८ च ४६९९ नम्बरको बोलेरो सडकबाट २५० मिटर तल भिरमा खसेको प्रहरीले जानकारी दिएको छ ।

कच्ची बाटो र पानी परेकाले जिप दुर्घटना भएको प्रहरीकाे प्रारम्भिक अनुमान  छ ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *