कृष्णराज बिसी, सचिव खानेपानी मन्त्रालय
दशै अगावै काठमाडौंका जनताको घरघरमा मेलम्चीको पानी आउने प्रतिबद्धता खानेपानी मन्त्रालयका सचिव कृष्णराज विसीले दोहो-याएका छन् । टनेल इन्टरनल फिनिसिङ गर्ने, जमिन लेबललाई कंक्रिटाइज गर्ने, सुरुङबाट सफा पानी स्वस्फुत बगाउन अब ३ महिना लाग्ने सचिव बिसीले बताए । यो ३ महिनाभित्र हेडवक्र्सको काम सम्पन्न नहुँदासम्म डाइभर्ट टनेलबाट पानी तत्कालका लागि काठमाडौं भ्यालीमा खसाल्ने, त्यसपछि बीचबीचमा भेन्टिलेसन साफ्टहरु निर्माण गरिने सचिव बिसीले बताए । के दशै अगावै काठमाडौंका जनताले मेलम्चीको पानी पिउन पाउँछ त भन्ने सन्दर्भमा जनता मिडिया नेटवर्कका लागि राज ढुंगानाले सचिव बिसीसँग गरेको कुराकानी–
० मेलम्ची खानेपानीको सुरुङ खन्ने काम सकिएको हो ?
– मेलम्ची खानेपानी आयोजनाबाट सञ्चालित २७ दशमलब ५ किमी टनेलको तेस्रो ब्रेकथ्रु सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले समापन गर्नु हुनेछ । अहिले सम्पूर्ण टनेल छिचोलिएको छ ।
० मेलम्ची आयोजनामा अब कत्ति प्रतिशत काम बाँकी छ ?
– यसलाई प्रतिशतमा भन्नुभन्दा पनि टनेल महत्वपूर्ण विषय हो । यति लामो टनेल नेपालको इतिहासमा पहिलो हो । भूकम्प र नाकाबन्दीले प्रभाव पारेको थियो । विभिन्न कठिनाइका बाबजुद टनेल छेड्ने काम सम्पन्न भयो । यो सबैका लागि खुशीको विषय हो । यसले काठमाडौंमा मेलम्चीको पानी ल्याउने सुनिश्चित गरेको छ ।
० टनेलको काम सकियो, अब के गर्नुपर्छ ?
– टनेललाई इन्टरनल फिनिसिङ गर्ने, जमिन लेबललाई कंक्रिटाइज गर्ने, सुरुङबाट सफा पानी स्वस्फुत बग्ने बनाउनुपर्छ । हेडवक्र्सको काम निर्माण गर्ने, हेडवक्र्सको काम सम्पन्न नहुँदासम्म डाइभर्ट टनेलबाट पानी तत्कालका लागि काठमाडौं भ्यालीमा खसाल्ने, त्यसपछि बीचबीचमा भेन्टिलेसन साफ्टहरु निर्माण गर्नुपर्ने छ । हामीले त्यसको समय तालिका बनाइसकेका छौं । त्यसको विधिवतः कार्यक्रम उद्घाटन भइसकेपछि माननीय मन्त्री, कन्स्लट्यान्स, ठेकदार र मेलम्ची खानेपानी आयोजनाका साथीहरुसँग बसेर कार्यक्रम फाइनल गर्नुपर्छ ।
० यसअघि खनेको टनेलमा कंक्रिट बिच्याउने काम भएन ?
– अहिले साढे ४ किलोमिटर काम सम्पन्न भइसकेको छ । अझै २३ किलोमिटर काम बाँकी छ । यो कामलाई निरन्तरता दिनका लागि ट्रान्जिट मिक्सरहरु धेरै अगाडि आइसकेको छ । ८ वटा ट्रान्जिट मिक्सरमा ३ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । टनेल फिनिसिङको काम ३ महिनाभित्र सकिन्छ । हेडवक्र्सको काम तयार गर्न केही समय लाग्छ । त्यो तयार नहुँदासम्म डाइभर्ट टनेलबाट पानी छोड्न सकिन्छ ।
० हेडवक्र्सको काम कहिले सकिन्छ ?
– मुहानमा हेडवक्र्स बनाउन लामै समय लाग्छ । एक वर्षभन्दा माथि नै लाग्छ । डाइभर्ट वक्र्सको काम प्यारालाल ढंगले भइरहेको हुन्छ । यो काम सकिएपछि जुन जुलाइभित्र सुन्दरीजलमा पानी खसाउने काम हुन्छ । यो तीन महिनाभित्र टनेल सफा गर्ने, काठमाडौं उपत्यकामा विछ्याएका पाइप संरचना सफा गर्ने कामहरु साथसाथै चलिरहेको हुन्छ । सफा गरिसकेपछि दशैं अगावै काठमाडौंका जनतालाई पिउने पानी उपलब्ध गराउने माननीय मन्त्रीले प्रतिबद्धता जनाइसक्नु भएको छ । मेलम्चीको पानी सुन्दरी जलमा खसाइसकेपछि घर घरमा पु-याउने अभियान सञ्चालन हुन्छ ।
अडियोमा सुन्नुहोस् कुराकानी–



