काठमाडौं । धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको फाइनल खेलमा आज टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्स भिड्दै छन् । हिजो भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले हराउँदै काठमाडौँ गोल्डेन्स फाइनलमा पुगेको गरेको हो । टिम चौराह धनगढी यसअघि नै फाइनलमा पुगेको थियो ।
दोस्रो क्वालिफायरमा काठमाडौँले टस जितेपछि महेन्द्रनगरले ब्याटिङ गरेको थियो । महेन्द्रनगरले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ४२ रन बनायो ।
काठमाडौँले एक सय ४३ रनको विजय लक्ष्य १८ दशमलव दुई ओभरमा पाँच विकेट गुमाएर पुरा ग¥यो ।



