लोकप्रिय सर्जक शिव अखेली जहाँ जान्छन त्यहिको विषयबस्तुमा आधारीत रहेर गीत बनाइ हाल्छन ।
पछिल्लो समय बागलुङको चर्चित धार्मिक स्थल पञ्चकोट दर्शनका लागी पुगेका शिवले त्यहिको बारेमा गीत तयार पारे । सो गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
चर्चित गायक गायीकाहरु सुर्य खड्का र शान्ती श्री परियारको आवाजमा रहेको नयाँ गीत बागलुङ पञ्चकोट हेर्ने र सुन्ने सबै दर्शकले गीत राम्रो भएको प्रतिक्रिया दिएका छन ।
चर्चित पर्यटकीय स्थल पञ्चकोटको बयान गरि तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । जापानमा रहेर पनि खड्काको आवाजमा पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गीतहरु सार्वजनिक भइनै रहेका छन । गीतमा लोकप्रिय सर्जक शिव अखेलीले निकै उत्कृष्ट शव्द सिर्जना गरेका छन भने लय गायक खड्काकै रहेको छ ।
गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायक गायीकाहरुले गीतले त्यस क्षेत्रको बयान गरेको बताउदै गीतलाई सबै माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।
सारिका के।सी,लक्ष्मण खत्री र विष्णु सापकोटको अभिनय रहेको सो गीतमा प्रकाश भट्टले गीतको निर्देशन गरेका छन ।
गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस



