heading first समाचार

नौ दिन लामो बिस्केट जात्रा गएराति सम्पन्न

 

भक्तपुर:  भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा  गए रातिदेखि सम्पन्न भएको छ । 

गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर शुरु भएको जात्रा गएकाे  राती गःहिटीबाट रथ तानेर सम्पन्न भएकाे हाे । 

सौरमासका आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ ।

जात्राको  अन्तिम दिन साँझ गःहिटीबाट रथ तान्न शुरु गरिएको थियो । स्थानीयले गःहिटीबाट तल र माथिका बासिन्दाले माथितर्फ गरी आआफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन् । स्थानीयले रथ तानेर वंशगोपाल पु¥याएपछि राति ९ बजे रथलाई तानेर पुनःनासमनातर्फ लगेकाे  महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

राति अबेरसम्म जात्रा शान्तिपूर्णरुपमा मनाइएको  उहाँले जानकारी दिनुभयो । जात्रामा हिंसा हुन नदिन एक हजार ३०० प्रहरी परिचालन गरिएको छ ।

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेको छ ।

रथलाई तानिसकेपछि आजै रातिसम्म रथलाई पाँचतले मन्दिर अगाडि तौमढीमा लगेर राखी रथबाट भैरव देवतालाई झिकेर मन्दिरमा लगेर विराजमान गराएपछि जात्रा सम्पन्न गरियाे । बिस्केट जात्रा बिःसीत (नागनागिन म¥यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *