heading first राजनीति

महाधिवेशन नभएकाले युवा संघमा समस्या आयो

दिलु पन्त, पूर्वउपाध्यक्ष
नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालको विवाद किनारा लागेको छ । विशेष गरी तत्कालीन संघका अध्यक्ष राजीव पहारी प्रदेश सांसदमा निर्वाचित भएपछि अध्यक्ष पद खाली थियो । उक्त खाली पदमा कसले नेतृत्व लिने भन्ने विषयमा विवाद उत्पन्न हुँदा संघमा समानान्तर कमिटी गठन हुने अवस्थामा पुगेको थियो । संघको विवाद कसरी अन्त्य भयो भन्ने विषयमा संघको वरिष्ठ उपाध्यक्षबाट राजीनामा दिएकी दिलु पन्तसँग जनता मिडिया नेटवर्कका लागि राज ढुंगानाले गरेको कुराकानी–

० संघको छलफल रातभरि चल्यो ?
– हो, छलफल रातभरि नै चल्यो ।

० के निर्णय लिनुभयो ?
– युवा संघ नेपालमा लामो समयदेखि विवाद थियो, त्यो विवाद समाधानका लागि हामीले केन्द्रीय कमिटीको बैठक बोलाएका थियौं । विवाद अन्त्यका लागि बैठकका लागि पनि हामीले लामो समय प्रतिक्षा गर्नुप¥यो । बैठकमा व्यापक हो हल्ला र विवाद भएको थियो । अन्ततः हामीले तेस्रो संस्करणमा महाधिवेशनलाई थाती राखेर केन्द्रीय समिति पुनर्गठन गरेर विवादलाई केही मन्थर पार्ने कोसिस गरियो ।

० युवा संघमा नयाँ नेतृत्व आयो, सबै कुरा मिल्यो ?
– सबै कुरा मिलेको होइन, विधानतः ३–३ वर्षमा महाधिवेशन गरेर नेतृत्व छनोट गर्नुपर्ने हो, यद्यपि विगत ६ वर्षदेखि अधिवेशन हुन सकिरहेको थिएन । बैठक बस्न पनि वर्षदेखि कुर्नुपर्ने थियो । महाधिवेशनको मिति तोक्ने तर अधिवेशन नगर्दा संघमा धेरै समस्या आयो । वैधानिक संगठनमा वैधानिक कमिटीहरु हुनुपर्ने हो, अधिवेशन नभएपछि केही अप्ठ्यारा थिए । त्यो अप्ठ्यारा कसरी फुकाउने भन्ने बहस हामीले गर्नुपर्ने थियो । माओवादीसँग एकताको कुरा चलिरहेकाले तत्काल संघको महाधिवेशन नगर्ने निष्कर्ष निकालियो ।
कुराकानी अडियोमा सुन्नुहोस् ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *