मनोरन्जन

संचारकर्मी किसन रेग्मीको कान्छी हे कान्छी सार्बजनिक (भिडियो सहित)

काठमाडौँ, बैशाख ८ : अमेरिका बाट युएसखवर डट कम अनलाइन संचालन गर्दै आएका किशन रेग्मीले संचार क्षेत्रका अनुभव र सांगीतिक माहौलका कारण गायन कलामा पाइला अघि बढाएका छन्। उनै नवगायक किशन रेग्मीले गायिका श्रुती योगीसंग तालमा ताल मिलाउँदै नवबर्ष २०७५ को शुरुवातसंगै संगीत प्रेमीहरुका लागि “कान्छी हे कान्छी” बोलको गीत सार्बजनिक गरेका छन् ।
पहिलो गीतबाटै चर्चा अनि प्रशंसकहरुको माया पाइरहेका गायक किसन रेग्मीलाई उक्त गीतमा गायिका श्रुती योगीले साथ दिएकी छिन । गायक रेग्मी अमेरीकाको टेक्सास बस्दै आएपनि उनले यो गीत स्थानीय स्टुडियोमा रेकर्ड गराएर ड्वेट भर्सनका लागि नेपाल पठाएका हुन् । सोही गीतका ब्यानर तथा अडियो केही समयदेखि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
आम दर्शकलाई मध्यनजर गर्दै युवापूस्ताका प्रेम र रोमान्सलाई श्रब्यदृष्य भिडियोमा समेटिएको छ । । गीतका शब्द प्रल्हाद रिजालले लिपिवद्ध गरेका हुन भने एसडी योगीले कर्णप्रिय संगीत भरेका छन् । कान्छी हे कान्छीलाई निर्देशक प्रकाश धितालले कलात्मक रुपले भिडियोमा उतारेका छन ।

मोडल शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईको संयोजनले गीत अझ उत्कृष्ट बनेको छ ।ललितपुरको गोदावरी रिसोर्टमा छायांकन गरिएको उक्त गीतलाई उत्सव दाहालले खिचेका हुन भने सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् । अमेरीकाका उद्धव सिलवाल निर्माता रहेको गीत युएसखवरको आधिकारिक युट्युव च्यानल युएस मिडिया नेटवर्कमार्फत कान्छी हे कान्छी गीत रिलिज गरिएको हो । गीतको पुरा भिडियो हेर्नुहोस।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *