काठमाडौँ बैशाख ८, परदेशी भुमीमा दूःख गर्दै आफ्ना सिर्जनाहरू संगै गायनलाई पनि संग-संगै अगाडी बढाई रहेका गायक तथा सर्जक प्रेम सापकोटा “सोनु” र दिपक कंडेलले भर्खरै मात्र मार्मीक गीत “यस्तै छ बाबा” सार्बजनीक गरेका छन् ।
गीतमामा लाखौं नेपाली छोराहरू साहुको ॠण तिर्नलाई प्रदेशिन बाध्य भएको, परदेशमा दूःख पाएको र घरमा बुढा-बुढी आमा बिरामी पर्दा पानी दिने मान्छे पनि नभएको नित्तान्त बास्तबिक घटनालाई निक्कै कुशलता पुर्बक यस गीतमा उतारेका छन।
दिपक कंडेलको मार्मीक शब्द सिर्जना,प्रेम सापकोटा “सोनु”र पशुपती शर्माको सुमधुर आवाज,प्रेम सापकोटा “सोनु”को लय सिर्जना रहेको गीतको भिडियोमा प्रेम थापाको निर्देशन,बाशु बरालको छायाँकन, महेन्द्र गौतम,सुरबिर पण्डीत लगाएत अन्य कलाकारको जीवन्त अभिनय रहेको यस म्यूजिक भिडियोलाई नबिन घर्ती मगरले सम्पादन गरेका हुन भने प्रेम सापकोटा “सोनु”को अफिसियल युट्यब च्यानल बाट यहाँहरूको सामु पस्केका छन ।
गीतको भिडियो हेर्नुहोस।



