heading first राजनीति

‘राप्रपा (प्रजातान्त्रिक) संगठन सुदृढीकरणमा व्यस्त छ’

धु्रवबहादुर प्रधान, महामन्त्री, राप्रपा (प्रजातान्त्रिक)
निर्वाचन अघि राप्रपा तीन टुक्रा भएर फुट्यो । अहिले फेरि एक ठाउँमा आउने जमर्को गर्दैछन् । जब राप्रपा तीनटुक्रा भयो, त्यसको समीक्षा गर्दै एकीकरणतर्फ उन्मुख छन् । पार्टीभित्र आधिकारिक रुपमा बहस नभए पनि विभिन्न पार्टीका नेताहरुले अब एक जुट हुनुपर्छ भनिरहेका छन् । केही राप्रपाका नेताहरुले राजासँग भेट गरेका छन् । उनीहरुले राजतन्त्रको धारलाई अझ अघि लैजानुपर्छ भन्ने बहस गरिरहेका छन् । पशुपतिशमशेर राणाले नेतृत्व गरेको राप्रपा कसरी अघि बढ्छ भन्ने सवालमा उनका महामन्त्री धु्रवबहादुर प्रधानसँग जनता मिडिया नेटवर्कका लागि राज ढुंगानाले गरेको कुराकानी–

० यतिबेला राप्रपा के गर्दैछ ?
– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अहिले संगठन निर्माणको मोडमा छ । निर्वाचनको मुखमा विविध कारणले हामीले बेग्लै पार्टी गठन गर्नुपर्ने भयो, जसले गर्दा आशतित नतिजा हामीले प्राप्त गर्न सकेनौं । राप्रपा (प्रजातान्त्रिक) राष्ट्रिय पार्टी बन्न सकेन, तर जनताले हामीलाई राम्रै मत दिएका छन् । अब त्यो मतलाई व्यवस्थित गर्ने र पार्टीभित्र समीक्षाको काम प्रारम्भ भएको छ । हामी संगठन निर्माणतर्फ अघि बढिरहेका छौं ।

० फुटेको राप्रपा पुनः जुट्न खोजेको हो ?
– अध्यक्ष पशुपतिशमशेर राणाले पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक भइसकेको छ । पार्टीलाई संगठित गर्न विचार मिल्ने अन्य दलहरुसँग सहकार्य, मेलमिलाप र एकता हुन्छ । पार्टीलाई संगठित र ठूलो बनाउन खातिर यो आवश्यक छ । पार्टी एकता गरेर मात्र अघि बढ्न सकिन्छ भन्ने कुरा पटक्कै होइन । मान्छे गुना गरेर मात्र पार्टी बलियो हुँदैन, पार्टीको विचार जनसमक्ष्य पु¥याउनुपर्छ । राष्ट्रिय पार्टी नभएपछि कतिपय साथीहरुले छोडेर जानुभयो । अहिले पुनः उहाँहरु फिर्ता आउँदै हुनुहुन्छ ।

० फुटिसकेको पार्टी कसरी जुट्छ ?
– अरु पार्टी हामीसँग मिल्नैपर्छ भन्ने पक्षमा हामी पटक्कै छैनौं । मिल्नुपर्छ, एकता राम्रो कुरा हो । विगतमा पनि धेरै पटक फुट्दै जुटेको पार्टी राप्रपा भएकाले फेरि चुनाव अघि फुट्नु र त्यसअघि जुट्दा विचार नपु¥याइएको हो । अहिले समीक्षा भइरहेको छ ।
अडियोमा सुन्नुहोस कुराकानी–

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *