काठमाडौँ : सर्जक तथा दोहोरी गायक रविन लामिछानेको नयाँ गीत भुतले तर्सायो भर्खर मात्र सार्वजनिक भएको छ ।
आफ्नो प्रमीकालाई रातीमा भेट्न जाँदा भुतले दुख दिएको कुरालाई गीतले उठाउन खोजेको छ । रविन लामिछानको लय तथा शव्द सिर्जना रहेको गीतमा रविन लामिछाने र देवी घर्तिको आवाज रहेको छ ।
करिश्मा ढकाल र नारायण लामिछानेको अभिनय रहेका सो गीत स्मृति तिमिल्सीनाले निर्देशन गर्नुभएको हो ।
रविनको यस अगाडी सार्वजनिक भएको घडि गीत समेत स्रोता दर्शक माझ लोकप्रिय बनेको थियो । लामिछानेले गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै यो गीतलाई पनि सबैले मन पराइदिनेमा आफु आशावादी रहेको बताउनु भयो । जनता मिडियाको तर्फबाट सफलताको शुभकामना ।
गीतको भिडियो हेर्नुहोस।



