heading first खेलकुद

विश्वकप क्रिकेटकाे  खेल तालिका सार्वजनिक ,सबै सदस्य राष्ट्रलाई टी२० मान्यता

भारत:  विश्वकप क्रिकेटमा भारत र पाकिस्तानको भेट जुन १६ मा हुने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो, जस अनुसार चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानको भेट ओल्ड ट्रार्फडमा हुनेछ ।

विश्वकाकाे खेल तालिकाकालागि यहाँ थिच्नुहाेस

विश्वकपको पहिलो खेल जुन १ मा न्यूजिल्याण्ड र श्रीलंकाबीच कार्डिफमा हुनेछ ।
यसैबिच इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)ले आफ्नो १०४ वटै सदस्य राष्ट्रलाई टी(२० मान्यता प्रदान गर्ने घोषणा गरेको छ।
भारतको कोलकतामा भएको आइसीसी बोर्ड बैठकको अन्तिम दिन याे निर्णय भएको आइसीसीले जनाएको छ। महिला र पुरुषको टी(२० फर्म्याटलाई ग्लोबलाइज गर्ने वृहत उदेश्यका साथ आइसीसीले यस्तो कदम चालेको जनाएको छ।
यस्तै रिचर्डसनले अब टी(२० फर्म्याटको ग्लोबर्ल याङकिङ सिस्टम समेत चाँडै नै लन्च गर्ने बताएका छन्।
अहिले आइसीसीको १८ मेम्बर राष्टसँग टी(२० को मान्यता छ। जसमा १२ फुल मेम्बरसँगै नेदरल्याण्ड्स, स्कटल्याण्ड, नेपाल, युएई, हङकङ र ओमान छन्।
’महिलाको सबै खेललाई २०१८ जुलाई १ बाट टी(२० मान्यता प्रदान गरिनेछ। यस्तै सबै पुरुष खेललाई सन् २०१९ जनवरी १ बाट टी(२० अन्तर्रा्ष्ट्रिय मान्यता दिइनेछ।’ रिचर्डसनले भने।
यस्तै आइसीसी च्याम्पियनसिप ट्रफीको सट्टामा सन् २०२१ मा पनि टी(२० वर्ल्डकप गर्ने निर्णय आइसीसी बोर्ड बैठकले गरेको छ। आइसीसीका मिडिया एण्ड कम्युनिकेसन हेड सामी उल हसनले सन् २०१९ देखि २०२३ सम्मको फ्युचर टुर प्रोग्राम (एफटिपी) अन्तर्गत वर्ल्ड टेष्ट च्याम्पियनसिप सन् २०२१ र २०२३ मा हुने ट्वीटमा जनाएका छन्।
यस्तै आइसीसीको बोर्ड मिटिङले निम्वनमा परेको नेपाल क्रिकेट संघ (क्यान) वर्तमान अवस्थाबारे अपडेट प्राप्त गरेको र एड्भाइजरी कमिटीले बनाएको विधान क्यानको विशेष साधारण सभाले पारित गरेको उल्लेख गरेको छ। आइसीसीले अब क्यानको पुनस् स्थापना हुनको लागि नयाँ संसोधित विधान अनुसार निर्वाचन हुनुपर्ने जनाएको छ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *