बेंगलोर:अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लिनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिगमा आइतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ ।
घरेलु टोली बेंगलोरले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य कोलकाताले १९.१ ओभरमा प्राप्त गरेको थियो । कोलकाताका लागि ओपनर लिनले नटआउट ६२ रनको योगदान दिए । उनले ५२ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । पुरै समय ब्याटिङ गरेका लिनको ७ रनको स्थितिमा हुँदा युजभेन्द्र चहलको बलमा क्याच ड्रप भएको थियो ।
लिनलाई कप्तान दिनेश कार्तिक र उपकप्तान रोबिन उथप्पाले पनि राम्रो साथ दिए । कार्तिकले १० बलमा २३ तथा उथप्पाले २१ बलमा ३६ रन बनाएका थिए । अर्का ओपनर सुनिल नाराइनले १९ बलमा २७ रन जोडे । बेंगलोरका मुर्गन आश्विन र मोहमद सिराजले २र२ विकेट बाँडे ।
त्यसअघि पहिलो ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७५ रन जोडेको थियो । कप्तान विराट कोहलीले नटआउट ६८ रन जोडेपछि बेंगलोर बलियो योगफलतर्फ अग्रसर भएको थियो ।
यता
इण्डियन प्रिमियर लिग (आईपीएल)को हिजो भएको पहिलो खेलमा सनराइजर्स हैदराबाद ११ रनले विजयी भएको छ ।
टस जितेर ब्याटिङ रोजेको हैदराबादले प्रतिद्वन्द्वी राजस्थान रोयल्सलाई २० ओभरमा ७ विकेटको क्षतिमा १५२ रनको लक्ष्य दिएको थियो ।
केन विलियम्सन म्यान अफ द म्याचसमेत घोषित भए । १५१ रन डिफेण्ड गर्ने क्रममा हैदराबादका बलरहरु नायक साबित भए ।
यससँगै सनराइजर्स हैदराबाद ८ मध्ये ६ खेल जित्दै १२ अंकका साथ शिर्ष स्थानमा छ भने ७ मध्ये ३ खेल मात्र जितेको राजस्थान रोयल्स ६ अंकका साथ तालिकाको पाँचौ स्थानमा छ ।



