heading first समाचार

३३ किलो सुन : ६२ जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । प्रहरीले ३३ किलो सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता गराउँदै छ । प्रहरीले मिसिल सरकारी वलिकको कार्यालयमा बुझाएपछि अभियोग पत्र तयार पारी उनीहरुविरुद्ध तीन प्रकारको मुद्दा दर्ता गर्न लागेको हो ।

पक्राउ पर्नेहरूलाई अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा चलाउने मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले जानकारी दिए । उनले मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित फरार अन्य ३४ जना विरुद्ध पनि मुद्दा दर्ता गरिने जानकारी दिए ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *