heading first विदेस समाचार

मलेसियामा विपक्षी गठबन्धनकाे ऐतिहासिक जीत: महाथिर पुन प्रधानमन्त्री बन्ने

एजेन्सी :  मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ । ६० वर्षसम्म सत्तामा रहेको पार्टी बारिसन नेशनल (बीएन)लाई हराएकाले अब महाथिर पुनः प्रधानमन्त्री बन्ने हुनु भएकाे छ ।

निर्वाचन आयोगका अनुसार महाथिरको पार्टीले ११५ सिट जितेको छ । सरकार बनाउनका लागि ११२ सिट भए पुग्छ । निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै महाथिरको पार्टीका समर्थकहरुले सडकमा विजय उत्सव मनाएका छन् ।
बीएन र यसको प्रमुख पार्टी संयुक्त मलेशिया राष्ट्रिय संगठन (यूएमएनओ) १९५७ मा ब्रिटेनबाट स्वतन्त्र भएदेखि नै सत्तामा थियो । तर, केही वर्षदेखि उसको लोकप्रियतामा कमी आएको थियो । चुनावमा प्रधानमन्त्री नजिब रजाकको पार्टीले ७९ सिटमात्र जितेको छ ।

शपथग्रहण समारोह आउँदो बिहीबार हुने छ । शपथ ग्रहण गरेपछि ९२ वर्षीय महाथिर विश्वकै सबैभन्दा वृद्ध निर्वाचित नेता बन्नुहुनेछ । शपथ ग्रहण समारोहको दिन मलेसियामा सार्वजनिक विदा दिइएको छ ।

जीतपछि पत्रकारहरुसँग कुरा गर्दै महाथिरले ‘हामीलाई कुनै प्रकारको बदला चाहिएको होइन, हामी त कानुनको शासन लागू गर्न चाहान्छौं’भन्नुभयाे ।

बिगतमा महाथिर नजिब रजाक नेतृत्वकै पार्टीको सदस्य हुनुहन्थ्याे । तर, उहाले भ्रष्टाचारलाई साथ दिने पार्टीमा नरहने भन्दै अलग्गिएको घोषणा गर्नु भएकाे थियाे ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *