heading first समाचार

दुईसय एकचालीस आरोही सगरमाथाको चुचुरोमा

 

काठमाडौँ: विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौँ दिनसम्म २४१ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । 

आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेका अनुसार शुक्रबार मात्रै ६५ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । यसमा ३४ नेपाली र ३१ विदेशी रहेका छन् ।

आरोहणको पाँचाँै दिन बिहीबार २५ जनाले आरोहण गरेका थिए । वैशाख ३० गते आठ जना शेर्पा आरोहीबाट सगरमाथाको चुचुरोसम्म डोरी टाँगेपछि यस वर्षको पहिलो आरोहण शुरु भएको थियो । आरोहणको चौथो दिन बुधबार सबैभन्दा बढी ९४ जना सगरमाथाको चुचुरोमा पुगेका थिए ।

यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका ३६४ आरोही शिखर चुम्ने अभियानमा छन् । अबको तीन÷चार दिनभित्र सबै आरोही चुचुरोमा पुगिसक्ने बताइएको छ । अहिले बाक्लो संख्याका आरोही सगरमाथाको चुचुरो पुगेर धमाधम ओर्लने क्रममा छन् । चुचुरो चढ्ने र ओर्लने धेरै आरोही शिविर तीन र चारमा रहेको सम्पर्क अधिकृत पाण्डेले बताउनुभयो ।

सगरमाथाको आधार शिविरभन्दा माथि तेस्रो र चौथो शिविरमा धेरै आरोही अनुकूल मौसमको प्रतिक्षामा रहेका छन् ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *