समाचार

राष्ट्रिय विमानस्थल नीति ल्याइने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सरकारले राष्ट्रिय विमानस्थल नीति ल्याउने बताउनुभएको छ । मन्त्री अधिकारीले पत्रकारसँगको छलफलमा कुन जिल्ला र स्थानमा कस्तो विमानस्थल आवश्यक हो वा कसरी विकास गर्न सकिन्छ भन्नेबारेमा नीति ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।

कतिपय जिल्लामा राजीतिक प्रभाव र उत्साहका कारण विमानस्थल खोलिने तर पछि विमान उड्ने पर्याप्त वातावरण, यात्रुको अभाव र विमानस्थल घाँसे मैदानमा परिणत हुने अवस्थाको अन्त्य हुने गरी नीति ल्याइने बताउनुभयो । उहाँले नेपाल वायु सेवाको प्रभावकारिताका लागि पनि आफूले काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *